२०८३ बैशाख ४ शुक्रबार ०१

नमोबुद्धमा सहकारीलाई डिजिटल बनाउने पहल : CoPoMIS तालिम सफलतापूर्वक सम्पन्न

भकुण्डेबेशी ।

नमोबुद्ध नगरपालिका सहकारी शाखाको पहलमा सहकारी क्षेत्रलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालन गरिएको CoPoMIS (Cooperative Management Information System) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। तालिम नगरपालिकाको सभाहलमा उत्साहजनक सहभागितासहित आयोजना गरिएको थियो।

तालिममा सहभागी सहकारीकर्मीहरूलाई CoPoMIS प्रणालीको प्रभावकारी प्रयोगबारे सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक (प्र्याक्टिकल) अभ्यास गराइएको थियो। यसले सहकारीहरूको दैनिक कार्यप्रवाहलाई डिजिटल माध्यमबाट सहज, छरितो र तथ्यमा आधारित बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सहकारी क्षेत्रको वर्तमान अवस्था सुधार गर्न आवश्यक रणनीति र सुधारका उपायहरू प्रस्तुत गर्दै प्रविधिको समुचित प्रयोगले सहकारी संस्थालाई आधुनिक, उत्तरदायी र विश्वासिलो बनाउन सकिने धारणा व्यक्त गरे।

त्यसैगरी, कृषि स्नातक योगेश न्यौपानेले हालै सार्वजनिक गरिएको ‘मल वितरण कार्यविधि २०८२’ सम्बन्धी जानकारीमूलक प्रस्तुति राख्दै कृषक र सहकारीहरूका लागि यसको व्यावहारिक महत्वबारे स्पष्ट पारे। उनले कार्यविधिले मल वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने बताए।

कार्यक्रमका संयोजक तथा सहकारी शाखा प्रमुख अमृत खनालले CoPoMIS प्रणालीको प्रयोग, तथ्यांक व्यवस्थापन र दीर्घकालीन योजना निर्माणका व्यावहारिक पक्षहरूबारे सहभागीहरूलाई मार्गदर्शन गरेका थिए।

यो तालिमले सहकारी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत सेवा प्रवाहलाई गुणस्तरीय, छरितो र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

२०८३ बैशाख ३, बिहीबार २२:३४ गते 1 Minute 27 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार