२०८३ बैशाख १६ बुधबार ०७

त्रिशुली किनारमा भेटिएको बसभित्र मानव कङ्काल, उत्खनन स्थगित

तनहुँ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशुली नदी किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ।
उत्खनन सुरु भएको १७औँ दिनमा काम रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार बसको केही भाग पानीबाट निकालिए पनि बाँकी भाग निकाल्न प्राविधिक कठिनाइ देखिएपछि उत्खनन स्थगित गरिएको हो। गत पुस २६ गते बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको १६औँ दिन हिजो बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो। सो विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

वि.सं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस त्रिशुली नदीमा बेपत्ता भएको थियो। उक्त बस करिब छ महिनापछि तनहुँतर्फ नदी किनारमा फेला परेको हो।

२०८२ माघ १३, मंगलवार २१:४७ गते 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार