२०८२ माघ २४ शनिबार १६

दल र उम्मेदवारसँग बैंकिङ प्रणालीबाट कारोबार गरौँ : भण्डारी

काठमाडौँ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताएका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मंगलबार आयोजना गरेको निजी क्षेत्रका छाता संस्थाहरूसँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरेका हुन् ।

दल र उम्मेदवारले बैंकिङ प्रणालीविपरीत कारोबार गरे उम्मेद्वारी रद्दसम्मका कारबाही गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी पनि कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले गराएका थिए । मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि उनले बताए ।

गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागि परेको बताउँदै उहाँले यसमा व्यवसायी र सञ्चारमाध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिए। सुशासन र स्थायी शान्ति भएन भने मुलुक अझै पर धकेलिने भएकाले पनि अहिले निर्वाचन नै पहिलो आवश्यकता भएको उनको भनाइ थियो । निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।

२०८२ माघ १३, मंगलवार २१:३८ गते 0 Minutes 29 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

One moment, please...
Loader
Please wait while your request is being verified...