२०८३ असार २ मंगलवार १८

दुई टी–२० अभ्यास खेलः आज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

 

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

टी–२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५ ः १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ ः १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।

आज दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ।

 

 

२०८२ भाद्र १२, बिहीबार ०९:४७ गते 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।