२०८३ बैशाख १७ बिहीबार १२

नमोबुद्धमा शुरु भयो छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भकुण्डे ।

नमोबुद्ध नगरपालिकाको आयोजनामा  मिति २०८२ मंसिर २६ देखि २८ गते सम्म हुने छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज मिति २०८२ मंसिर २६ गते श्री जनक मा.वि.को प्राङ्गणमा भव्य समुद्घाटन भएको छ । जनक मा.वि.को समन्वयमा शुरु भएको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम नमोबुद्ध नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री अर्जुन कार्कीको सभापतित्वमा भएको थियो । नगर प्रमुख श्री कुनसाङ लामाको प्रमुख आतिथ्यतामा पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन भएको थियो।

नमोबुद्ध नगरपालिकाका १४ ओटा माध्यमिक बिद्यालयले ३० ओटा गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्ने उक्त कार्यक्रममा स्वागत मन्तव्य नमोबुद्ध नगरपालिका शिक्षा शाखा प्रमुख श्री राम बहादुर तामाङले दिएका थिए। उक्त कार्यक्रममा सहभागी बिद्यालयहरुको प्रतिनिधित्व गर्दै जनक मा. वि.का प्र.अ. श्री प्रदिप पोखरेले मन्तव्य राखेका थिए भने एघारै वडाका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. १० का वडा अध्यक्ष श्री रामकृष्ण उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नगर उपप्रमुख श्री रत्नबहादुर लामा, विशेष अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण गिरी, अतिथिको रूपमा ११ वटै वडाका वडाध्यक्षहरु, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री रामेश्वर अधिकारी, नगरपालिकाका शाखा प्रमुखहरु, १४ वटै विद्यालयका प्र.अ.हरु, शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नगर प्रमुख श्री कुनसाङ लामाले शुभकामना मन्तव्य प्रस्तुत गरिसकेपछि रेफ्रिहरुलाई भलिबल तथा खेलकुद सामाग्री हस्तान्तरण गरी खेलकुदको शुरुवात गरिएको थियो । कार्यक्रमका सभाध्यक्ष श्री अर्जुन कार्कीले मन्तव्य सहित कार्यक्रम समापन गरेका थिए भने  नगरपालिकाका रोजगार संयोजक श्री अमृत खनालले कार्यक्रम संचालन गरेका थिए।

२०८२ मंसिर २६, शुक्रबार १९:४० गते 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार