२०८२ माघ २४ शनिबार १६

नमोबुद्धमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

भकुण्डे ।

नमोबुद्ध नगरपालिकाको आयोजना तथा श्री जनक माध्यमिक विद्यालयको समन्वयमा नगर स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भयो। नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाको प्रमुख अतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमको सभाध्यक्षता नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन बहादुर कार्कीले गरेका थिए।

उक्त कार्यक्रममा १४ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु उत्साहजन रुपमा सहभागी भएका थिए । ३ दिनसम्म भएको खेलमा श्री जनक मा. वि.ले १२ स्वर्ण, ४ रजत, ८ कास्य गरी कुल २४ पदकसहित प्रथम स्थान हासिल गरेको थियो। त्यसैगरी श्री राम मा.वि. ७ स्वर्ण, ४ रजत, १ कास्य गरी कुल १२ पदक सहित द्वितीय स्थान हासिल गर्न सफल भयो भने श्री लक्ष्मी नारायण मा.वि. ४ स्वर्ण, ३ रजत, ३ कास्य गरी कुल १० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भयो। सहभागी भएका १४ वटा विद्यालयहरुले कुनै न कुनै खेलमा पदक हासिल गरेका छन् ।

२०८२ मंसिर २८, आईतवार २२:२३ गते 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

One moment, please...
Loader
Please wait while your request is being verified...