२०८३ बैशाख १६ बुधबार ११

गणेश लामा पोखरामा पक्राउ

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।

गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् । प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।

विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् । उनले कांग्रेसबाट काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभा “ख” मा चुनाव लडेर पराजित भएका थिए ।

 

दृिष्ट खवर

२०७८ जेष्ठ २७, बिहीबार १६:२० गते 1 Minute 951 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार