२०८३ असार २ मंगलवार ०२

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

हेटौँडा ।

हरेक आ.व. को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रिया अनुसार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम आज बिहीबार ल्याउने भएको छ । प्रदेशको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संवोधन गर्ने

कार्यक्रम तय भएको हो । प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले आज बिहीबार दिउँसो ३ः३० बजे प्रदेश सभाको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख प्रसाईले प्रस्तुत गर्ने गरी बैठकको कार्यतालिका तय भएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख प्रसाईले प्रदेश सभामा संवोधन गर्नुभएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभाको बैठकमा टेबुल गर्नु हुने छ । साथै आजैको बैठकमा प्रमुख प्रसाईलाई प्रदेश सरकारको नीति तथा कार्यक्रम संवोधन गर्नुभएकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरिने छ ।
बैठकमा प्रदेश मामिला समिति र प्रदेश शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापतिद्वारा समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका बनेको छ ।

प्रदेश सभाका प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा प्रदेश सभाका सदस्यहरुको कुनै संशोधन भएमा १२ घण्टाको समय निर्धारण गरिएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरिने भएको छ । शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री पौडेलले जवाफ दिने र नीति तथा कार्यक्रम निर्णयार्थ प्रदेश सभामा प्रस्तुत गरिने छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कोभिड–१९ केन्द्रित र जनमुखी हुनुपर्ने विपक्षी दलहरुले माग गर्दै आएका छन् ।

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले यसअघि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न भन्दै मुख्यमन्त्री पौडेललाई सुझावप्रत्र दिएको थियो ।

प्रदेश सभाको बैठकमा प्रवेश पूर्व प्रदेश सभाका सदस्यहरु, कर्मचारीलगायतका एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ ।

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २७, बिहीबार ०७:२० गते 1 Minute 467 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।