२०८३ बैशाख १६ बुधबार १७

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो ।

सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

 

 

स्रोतः अनलाइन खवर

२०७८ जेष्ठ २६, बुधबार १५:२७ गते 1 Minute 972 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार