२०८३ बैशाख १६ बुधबार १३

झापाको अक्सिजन बैङ्क प्र.जि.अ.श्रवणकुमार तिमिल्सिनाद्वारा उद्घाटन

बिर्तामोड ।

अहिले देशमा धेरै सामाजिक अभियान्ताहरू देखापरेका छन् । कोभिड-१९ को महामारी नियन्त्रण तथा रोकथामको लागि विश्वस्तरबाट नै निकै प्रयास भइरहेकाे अवस्था छ । नेपालमा कयाैँ मानिसहरू अक्सिजन नपाएर आफ्नो प्राण बचाउन सकिरहेका छैनन् ।

यस्तो विसम परिस्थितिमा केही पुण्यको काम गर्न अग्रसर रहेका एक  सामाजिक अभियान्ताहरुको समूहले स्थापना गरेको एकका लागि एक अभियानले झापामा स्थापित अक्सिजन बैंकको औपचारिक उद्घाटन गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बिर्तामोडमा संचालनमा आएको अक्सिजन बैङ्कको बुधवार उद्घाटन गर्नुभयो ।

अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैङ्क स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको हो । देशभित्र र बाहिर बसेका नेपालीने १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग प्राप्त छ ।

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर बाकी रहेको रकम कोभिड नियन्त्रणकै लागि खर्च गरिने गिरीले बताउनुभयो । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्वसाधारणलाई उपलब्ध गराइने अभियानले जनाएको छ ।

अभियानले एक हजार ११ थान सिलिन्डर खरिद गर्ने जनाएको छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी,निजी क्षेत्र र उधोगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीको भनाइ छ ।

कार्यक्रममा प्रजिअ तिमिल्सिनाले अभियानलाई धन्यवाद दिँदै अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गर्नुभएको छ । उहाँले महामारीमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी सङ्घले पाँच लाख रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ ।

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २६, बुधबार १२:४९ गते 1 Minute 568 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार