२०८३ बैशाख १६ बुधबार १७

यो वर्ष अत्याधिक वर्षा हुन सक्ने, आवश्यक सतर्कता अपनाउन माैषमविद्काे अनुरोध

काठमाडौँ ।

यस वर्षको मनसुन शुरू भएसँगै नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेछ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ ।

नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “ विस्तारै मनसुन भित्रिदै छ, नेपालमा आइ पुग्न एक–दुई दिन लाग्छ”–उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक रहेको छ ।

नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको गोरखापत्र अनलाइनलाई मौसमविद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

“औसतमा १० प्रतिशत तलमाथि भएमा सामान्य मनसुन भनिन्छ”–उहाँले भन्नुभयो,“निरन्तर झरी पर्ने, केही समय रोकिने मनसुनी विशेषता हो ।” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ । त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“यो प्रत्येक वर्ष आउने समास्या हो, कोरोना आएको पनि एक–ढेड वर्ष हुनै लाग्यो दुई वटै जोखिमसँगै भयो भने काम गर्न समास्या हुँदैन, दुई वटैको छुट्टाछुट्टै समिति छ”–प्रवक्ता दाहालले भन्नुभयो । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले कोरोनाको नयाँ–नयाँ लहर आइरहेको र नयाँ भेरियन्ट रहेकाले सबै जनालाई खोप नलगाउँदासम्म केही नहुने बताउनुभयो ।

“नयाँ–नयाँ लहर आइरहेको छ, नयाँ–नयाँ भेरियन्ट पनि छ, त्यस कारण धेरैले खोप नपाउँदासम्म गाहृो छ ।” कोभिड–१९ को दोस्रो लहर नेपालमा अझै रहेको उहाँले बताउनुभयो । कोरोना महामारी रहेकै बेला प्राकृतिक विपद् आउँदा समास्या त्यति जतिल हुन नदिने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ यसका लागि काम गरिरहनु भएको छ, समस्यामाथि समस्या आयो भने पनि त्यति गाहृो हुँदैन, हामीसँग पूर्व तयारी छ  भर्खर मन्त्रालयमा छलफल भएको र फेरि पनि छलफल हुनेछ ।”

बाढीपहिरोले सडक अवरुद्ध भएर खोपलगायतका अत्यावश्यक सामग्री ढुवानीमा असर पर्न नदिन अर्को बैठकमा छलफल गर्ने जानकारी दिनुभयो । हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छ ।

आजको मौसम देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

 

२०७८ जेष्ठ २६, बुधबार १२:३१ गते 1 Minute 774 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार