२०८३ बैशाख १६ बुधबार १६

काठमाडौं महानगरको बजेट तयारीः नगरबासीका लागि राहत, करमा ८५% सम्म छुट

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई केही राहत र सहुलियतको योजना पेश गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरि पनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा मेयर शाक्यले कोभिड–१९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रित हुने जानकारी दिए ।

यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागी हुने पनि उनले जानकारी दिए । नगर क्षेत्रका संक्रमित तथा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई केही सहायता उपलब्ध गराउने पनि मेयर शाक्यले बताए ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कोरोनाका कारण व्यापार व्यवसाय, पेशा, रोजगारीमा परेको असरलाई राहत दिनेगरी आउने उनको भनाइ छ ।

महानगरका करदातालाई असर हेरेर ८५ प्रतिशतसम्म कर दस्तुरमा छुट दिनेगरी कार्यक्रम आउने पनि शाक्यले बताए ।

 

 

स्रोतः अनलाइन खवर 

२०७८ जेष्ठ २५, मंगलवार १७:३७ गते 1 Minute 461 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार