काठमाणडाैँ ।
माैसम पूर्वानुमान महाशाले आगामी तीन दिनसम्मको माैसम सम्बन्धी जानकरी उपलब्ध गराएकाे छ । पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव छ ।

हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशका केही पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ २५ गते (मंगलबार)
दिउँसो: प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को
सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ २६ गते (बिहीबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
स्रोतः माैसम पूर्वानुमान महाशाखा






