२०८३ बैशाख १६ बुधबार १६

बौद्धमा बोराभित्र भेटियो शव

काठमाडौं ।

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘म पनि घटनास्थल पुग्दैछु । केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको के नाइन डिभिजनबाट तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा पुग्दैछ ।

 

स्रोतः अनलाइन खवर

२०७८ जेष्ठ २५, मंगलवार ०३:१४ गते 1 Minute 438 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार