२०८३ बैशाख १६ बुधबार १६

कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौँ  ।
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको छ । मुटुमा समस्या देखिएपछि शनिबार बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा भर्ना भएका श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको हो ।

श्रेष्ठको उपचार इन्टरभेन्स्नल कार्डिओप्लाष्टि डा.धर्मनाथ यादवलगायतको टोलीले गरिरहेको छ । श्रेष्ठले छाति दुखेर अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले मुटुबाट रगत सञ्चार गर्ने तीनवटा नसा ब्लक हुने अवस्थामा पुगेकोले एन्जिओप्लाष्टि गरेर नसा खुलाएर हृदयघात हुनबाट जोगाएका थिए ।

यसअघि २२ दिनसम्म अस्पताल बसेर घर फर्किएका थिए । तर, अझै उनमा कोभिड रिपोर्ट पोजेटिभ नै छ ।

स्रोतः इकागज

२०७८ जेष्ठ २४, सोमबार १५:५६ गते 0 Minutes 713 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार