२०८३ बैशाख १६ बुधबार १३

बागमती टिपर व्यवसायी संघद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

भकुण्डेबेशी ।

नमोबुद्ध नगरपालिकालाई वागमति टिपर व्यवसायी संघले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

कोरोना भाइरस महामारीको रोकथाम एवं नियन्त्रणका लागि संघले मास्क, पिपिई, फेस सिल्ड, सेनिटाइजर, अक्सीमिटर, डिजिटल थर्मोमिटर, साबुन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष प्रेम लामासहितको टोलीले सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले महामारी रोकथाम र नियन्त्रणमा लागिरहेको नगरपालिकाका लागि प्राप्त स्वास्थ्य सामग्रीले थप मद्दत र हौसला मिलेको बताए ।

 

२०७८ जेष्ठ २४, सोमबार १३:२१ गते 1 Minute 617 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार