२०८३ बैशाख १६ बुधबार १३

नमोबुद्धका सात सय परिवारलाई राहत वितरण

भकुण्डेबेशी ।

कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न र असहाय परिवारका लागि राहत वितरण गरिएको छ ।

नमोबुद्ध ठ्राङ्गु गुम्बा र ठ्राङ्गु भज्रयाना बुद्धिष्ट सेन्टरले नगरपालिकामार्फत सोयर्स एक्सन हङकङको सहयोगमा राहत वितरण गरेका हुन् ।

नगरपालिकाका ११ वडाका सात सय परिवारलाई वडा कार्यालयमार्फत राहत वितरण गरिएको ठ्राङ्गु गुम्बा नमोबुद्धका महासचिव आचार्य पासाङले जानकारी दिए ।

राहत प्याकेजमा प्रत्येक परिवारका लागि ३० केजी चामल, ३ किलो दाल, २ लिटर तेल र १ किलो नुन रहेको छ । गुम्बाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई राहत प्याकेज हस्तान्तरण गरेको थियो ।

त्यसपछि नगरपालिकाले सबै वडा कार्यालयमार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको हो । नगरपालिकाले कोरोना भाइरस महामारीको पहिलो लहरदेखि नै विभिन्न संघसंस्थाको सहयोगमा विपन्न वर्गका लागि राहत वितरण गर्दै आइरहेको छ ।

नमोबुद्ध ठ्राङ्गु गुम्बाले गत बर्ष पनि नमोबुद्ध नगरपालिकामार्फत विपन्न र असहाय परिवारका लागि राहत वितरण गरेको थियो ।

कोभिड १९ को महामारी र यसलाई रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकलाई केही हदसम्म भए पनि राहत महसुस होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको गुम्बाले जनाएको छ ।

२०७८ जेष्ठ २४, सोमबार १३:१७ गते 0 Minutes 1337 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार