नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीको विज्ञप्तिलाई स्वागत गरेका छन्। उनले ओलीले आज पार्टी एकताका लागि सार्वजनिक गरेको बक्तव्य सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
ओली आव्हान पत्र पछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्यमार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ।’
उनले यो वक्तब्यपछि कार्यदलस्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेकोसमेत बताए।
‘पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुर्ने थप विषयलाई समाधान गर्नेछ। सर्वोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ’, उनले भनेका छन्, ‘सारमा अध्यक्षको बक्तब्यले पार्टीको शीर्ष नेतृत्वबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु। हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ।’
यसअघि आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।
स्रोतः सेतोपाटी






