२०८३ बैशाख १६ बुधबार ०७

स्वास्थ्य समस्या देखिएपछि रवि लामिछाने महाराजगञ्जमा भर्ना

काठमाण्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देब्रे खुट्टामा लागेको चोटपछि संक्रमण देखिएपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।

माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा उनको खुट्टामा चोट लागेको थियो, जसपश्चात् छालाको भित्री तहमा संक्रमण फैलिन सक्ने जोखिम देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पतालमै निगरानीमा उपचार भइरहेको छ।

उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार चोट आफैंमा गम्भीर नभए पनि संक्रमणको सम्भावनालाई ध्यानमा राख्दै अस्पताल भर्ना गरिएको हो। पूर्ण उपचार र स्वास्थ्य लाभपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक गतिविधिमा फर्किने जनाइएको छ। यस अवधिमा अस्पताल नआइदिन र भेटघाट नगर्नसमेत आग्रह गरिएको छ।

२०८२ माघ १३, मंगलवार २१:०८ गते 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार