२०८२ माघ २४ शनिबार १५

केपी ओलीलाई लक्षित अभिव्यक्तिबारे बालेन शाहविरुद्ध उजुरी दर्ता

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। उक्त टिप्पणी केपी शर्मा ओलीलाई लक्षित रहेको आरोप लगाइएको छ।

धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा फैलाउने, तथ्यविहीन आरोप लगाउने तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने प्रकृतिको रहेको दाबी गरिएको छ। उजुरीमा आयोगसँग आवश्यक छानबिन र कारबाहीको माग गरिएको छ।

यसअघि एमाले अध्यक्ष ओलीले सबै प्रमुख राजनीतिक दलका नेताबीच पारदर्शी, बौद्धिक र मर्यादित बहसको प्रस्ताव सार्वजनिक गरेका थिए। लोकतान्त्रिक अभ्यास सुदृढ गर्न यस्तो संवाद आवश्यक रहेको उहाँको भनाइ थियो।

उक्त प्रस्तावको प्रतिक्रियामा सामाजिक सञ्जालमा टिप्पणी गर्दै शाहले ओलीमाथि गम्भीर आरोप लगाएका थिए। उजुरीकर्ताका अनुसार ती अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत, व्यक्तिको चरित्रहत्या गर्ने र समाजमा नकारात्मक प्रभाव पार्ने खालका छन्।

उजुरीमा प्रमाण वा अदालतको निर्णयबिनै सार्वजनिक रूपमा गम्भीर आरोप लगाइनु मानहानि, राजनीतिक प्रतिशोध र मतदातालाई भ्रममा पार्ने कार्य भएको उल्लेख गरिएको छ।

२०८२ माघ १२, सोमबार १८:४५ गते 0 Minutes 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

One moment, please...
Loader
Please wait while your request is being verified...