२०८३ असार १ सोमबार १९

प्रतिनिधिसभा निर्वाचन: ३ हजार ४०६ उम्मेदवारको विवरण सार्वजनिक

काठमाडौँ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ३ हजार ४०६ जना उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र एक जना अन्य लिङ्गका छन्। उमेर समूहअनुसार २५–४० वर्षका १ हजार ५६, ४१–६० वर्षका १ हजार ९२५ र ६१ वर्षमाथिका ४२५ जना उम्मेदवार रहेका छन्।

निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन कानुनी व्यवस्थाअनुसार उम्मेदवारको विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको आयोगले जनाएको छ।

२०८२ माघ १०, शनिबार २२:५३ गते 0 Minutes 71 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।