२०८३ बैशाख १६ बुधबार १५

मानव अधिकार आयोगद्वारा यौनहिंसामा परेकी राउटे युवतीको सुरक्षा गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहारमा परेका राउटे समुदायका दुई युवतीको भौतिक सुरक्षा दिन माग गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता टीकाराम पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै पीडित दुई युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको हो।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का तीन युवाले राउटे समुदायका दुई युवतीहरूलाई प्रलोभनमा पारेर होटलमा लगेर यौन दुर्व्यवहार गरेका थिए। सो भिडिओ बाहिरिएपछि प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो।

आयोगले यसरी राउटे समुदायका दुई युवतीलाई यौनजन्य कार्य गर्न बाध्य बनाएको हुँदा उनीहरूलाई समुदायले नै अस्वीकार गर्ने सम्भावना देखिएको र ज्यान नै जोखिममा पर्ने बताएको छ।

राउटे समुदायले यसअघि पनि ती दुई युवतीहरूलाई चार महिना नजरबन्द जसरी बन्दी बनाएर राखेकोबारे जानकारी पाएको भन्दै आयोगले सरकारसँग ती दुई युवतीको भौतिक सुरक्षा गरिदिन माग गरेको हो।

आयोगले ती युवतीको गोपनीयताको संरक्षण, स्वास्थ्य परिक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको हो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका-९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको हो।

 

 

स्रोतः सेतोपाटी

२०७८ जेष्ठ २३, आईतवार १२:०१ गते 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार