२०८३ बैशाख १६ बुधबार १२

२०२२ को अन्त्यसम्म संसारका सबैलाई खोप दिनुपर्छ: बेलायती प्रधानमन्त्री जोनसन

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वका धनी सात मुलुक ग्रुप अफ सेभन (जी ७) का नेताहरूलाई सन् २०२२ को अन्त्यसम्म संसारका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउन भनेका छन्।

आउने शुक्रबारदेखि  ती मुलुकका नेताहरूलाई बेलायतमा स्वागत गर्न लागेका प्रधानमन्त्री जोनसन जी ७ को सम्मेलनमा आफूले विश्वका नेताबाट विश्वभरि खोप पुर्‍याउन प्रतिवद्धताका लागि पहल गर्ने बताएका हुन्।

कोरोना महामारीका कारण २ वर्षमा पहिलो पटक जी ७ का नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।

‘अर्को वर्षको अन्त्यसम्म संसारका सबै मानिसहरूलाई खोप लगाउनु मेडिकल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,’ जोनसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म जी ७ का नेताहरूलाई यो त्रासदीपूर्ण महामारीलाई अन्त्य गर्न गर्न फेरि यसलाई आउन नदिने प्रतिवद्धता जनाउन आग्रह गर्दैछु।

जर्मनी, फ्रान्स, अमेरिका, इटाली, जापान, युरोपियन युनियन र क्यानडाका नेताहरूको तीन दिने सम्मेलन दक्षिण पश्चिम बेलायतको कोर्नवालमा शुक्रबारदेखि हुँदैछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछिको यो पहिलो विदेश भ्रमण हो।

अहिले धनी मुलुकहरूले आफ्ना नागरिकलाई धमाधम खोप लगाइरहेका छन्। तर गरिब मुलुकहरूले भने खोप पाउन मुस्किल भइरहेको छ। गरिब मुलुकहरूमा कोरोना रहिरहेसम्म महामारी संसारभरि नै जारी रहने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

 

स्रोतः सेतोपाटी 

२०७८ जेष्ठ २३, आईतवार ०२:५५ गते 1 Minute 452 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार