२०८३ बैशाख १६ बुधबार १२

दशवटा भण्डारगृहमा करीब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने

काठमाडौं ।

नेपालमा सरकारीस्तरमा करिब ३२ लाख डोजसम्म खोप भण्डारण गर्ने क्षमता रहेको बताइएको छ । विश्वका अन्य देशको तुलनामा नेपालमा खोप भण्डारण गर्ने क्षमता राम्रो रहेको छ ।

नेपालका विभिन्न क्षेत्रमा दशवटा खोप भण्डार सुविधा रहेका छन् । दुईवटा काठमाडौंसहित आठवटा राजधानी बाहिर रहेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र टेकुमा एक एकवटा खोप भण्डारगृह रहेका छन् भने विराटनगर, बुटवल, नेपालगञ्ज सुर्खेत, धनगढी, हेटौंडा र पोखरामा रहेका छन् ।

ती दशवटै भण्डारणस्थलमा विश्व स्वास्थ्य संगठनले उल्लेख गरे अनुसारको दुईदेखि आठ डिग्री तापक्रममा खोप राख्न सक्ने सुविधा रहेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसिस्ट बेदबहादुर थापाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

काठमाडौंमा रहेका दुईवटा भण्डारमा १६ लाख डोज खोप भण्डारण गर्न सकिने छ भने राजधानी बाहिरका आठवटा खोप भण्डारमा पनि थप १६ लाखा मात्रा खोप सञ्चय गर्न सकिन्छ ।

फरक कम्पनीका खोपको बट्टाको आकार फरक हुने र कुनै ठूलो अकारका हुने र कुनै सानो आकार हुने भएका कारण खोपको भण्डारन क्षमतामा फरक पर्ने उहाँको भनाइ छ ।

उहाँले अस्ट्राजेनिकाले उपलब्ध गराएको खोपको बट्टा २.५ क्युविक सेन्टिमिटरको रहेको छ भने चीनको केन्द्रीय सरकारले उपलब्ध गराएको खोप २९.८ क्युविक सेन्टिमिटर रहेको छ ।

चीनले दोस्रो चरणमा उपलब्ध गराएका खोप मध्ये झण्डै चार लाख डोज खोप विमानस्थलमा भण्डारन गरिएको छ ।
थापाले भन्नुभयो, ‘विगतमा त्यति अनुमान गर्न नसकेका कारण हामीले चाहे जति खोप सहज भण्डारन गर्न केही समस्या भयो ।

त्यसपछि हामीले खोपलाई केन्द्रमा मात्र भण्डारन गर्नु भन्दा बाहिर जिल्लाहरुमा पनि पठाउँदा धेरै खोप सञ्चय गर्न सहज हुने सोचेर सोही अनुसार चीनबाट ल्याइएका खोप जतिसक्दो चाँडो बाहिर पठाउन शुरु ग¥यौं ।’

 

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २२, शनिबार ०९:१९ गते 1 Minute 669 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार