२०८३ बैशाख १६ बुधबार १२

दक्षिण कोरियाद्वारा दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग

काठमाडौं ।

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइकामार्फत पीसीआर परीक्षण किट सहयोग गरेको नेपाली दूतावासले जानकारी दिएको छ ।

शूक्रबार नै उक्त किट नेपाललाई हस्तान्तरण भैसकेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् ।

सहयोग सामग्रीमा नमुना संकलन गर्न, स्थानान्तरण गर्न र स्थिर परीक्षण गर्नका लागि आवश्यक विभिन्न ३ प्रकारका किटहरु उपलब्ध छ ।यो किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ ।

साथै कोइकामार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया पनि अगाडि बढाइएको र उक्त सामग्री नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयलाई जुलाइ वा अगष्ट सम्महस्तान्तरण गर्ने बताइएको छ ।

 

स्रोतः अनलाइन खवर

२०७८ जेष्ठ २२, शनिबार ०२:२४ गते 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार