२०८३ बैशाख १६ बुधबार ०७

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

 

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् ।

बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् ।

देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’ उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरु विभिन्न ढङगले चलखेल गरी फेरी सत्तामा आउने र तपाईहरुको बलिदान खेर जाने खतरा रहन्छ ।’

डा.भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै क्रुटि रहेको धारणा राखे ।

‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरु त्यहाबाट जन्मिए फेरी भ्रष्ट्रहरु जन्मन नपाउन् र तपाईहरु आफै त्यो सत्ताले भ्रष्ट्र नपावस् भन्नको निम्त केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले थप अगाडि भने, ‘खासगरी निर्वाचन प्रणालीका जुन त्रुटि छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधि खाली छ भनेको थिएँ । किनकी यसको शासकीय त्रुटि छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन । कुनैपनि सरकार पाचँ वर्ष टिक्न दिदैन ।’

उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्ट्रचारीहरुलाई कारवाही गर्न छानविन आयोग बनाउनुपर्ने बताए ।

२०८२ आश्विन ९, बिहीबार २०:०४ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार