२०८३ बैशाख १७ बिहीबार ०७

नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ ।

मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराइने छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि वाचापत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको छ ।

२०८२ आश्विन ९, बिहीबार ०८:४६ गते 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार