२०८३ बैशाख १६ बुधबार १२

आइसोलेसनलाई भकुण्डेबेसी जेसीजको सहयोग

भकुण्डेबेशी ।

कोभिड–१९ को महामारीलाई लक्षित गर्दै नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा सञ्चालित आइसोलेसन केन्द्रका लागि दाताहरुबाट अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढ्दै गएको छ ।

सोही क्रममा भकुण्डेबेसी जेसीज र भकुण्डेबेशी जुनियर जेसीजले आज अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आइसोलेसन केन्द्रका लागि हस्तान्तरण गरेका छन् ।

आइसोलेसन केन्द्रका लागि जेसीजले ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक औषधी, माक्स, पिपिई, अक्सीमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आइसोलेसन केन्द्रमा आयोजित कार्यक्रममा भकुण्डेबेशी जेसीज बर्ष २०२१ का अध्यष सुदर्शन चिमौरियाले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

 

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, भकुण्डेबेसी जेसीजका पूर्व अध्यक्षहरु हरिहर अधिकारी, केबी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनालले सबैको सहयोगमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा लागिपरेको बताउँदै जेसीजले गरेको सहयोगले थप हौसला मिलेको बताए ।

मेथिनकोट अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिइएको र यसमा सबै पक्षको सहयोग आवश्यक रहेको पनि खनालले बताए ।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संकटको बेला जेसीजले गरेको सहयोगले कोरोना रोकथाम र नियन्त्रणको अभियानलाई हौसला मिलेको बताए ।

उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको पनि बताए । नमोबुद्ध नगरपालिका ४ स्थित जनक बहुमुखी क्याम्पसमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा ४० बेडको आइसोलेसन केन्द्र सञ्चालन गरिरहेका छन् ।

केन्द्रमा हाल कोभिड १९ बाट संक्रमित ७ जना बिरामी रहेका छन् । उक्त केन्द्रमा हालसम्म बिरामी भर्ना भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले जानकारी दिएकी छन् ।

सत्यालका अनुसार आइसोलेनि केन्द्रमा हालसम्म ४१ जना कोभिड–१९ बाट संक्रमित बिरामी भर्ना भइसकेका छन् । त्यसमध्ये २८ जना डिस्चार्ज भइसकेका छन् भने ५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको निधन भएको थियो ।

आइसोलेसन केन्द्रका लागि यसअघि प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेसन लगायतका दाताहरुले स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

 

 

 

२०७८ जेष्ठ २१, शुक्रबार १३:५१ गते 1 Minute 1014 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार