२०८३ जेष्ठ १२ मंगलवार १९

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् ।
गत भाद्र २३–२४ गते भएको जेनजीहरुको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले बग्गीखानामा तोडफोड सहित आगजनी गरेका थिए । आज मंगलबार मन्त्री अर्यालले आगजनीपछि कार्यालयको अनुगमन गरेका हुन् ।
अवलोकन पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न नहुने भन्दै निजी तथा सार्वजनिक सम्पति जलाएर गलत काम भएको बताए ।
त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए ।
उनले भने,‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ । भावना एउटै छ । देशलाई नष्ट पार्ने काम चाँही कसैले पनि गर्न हुँदैन् । अब भौतिक संरचनाको पुननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुन निर्माण हुन सक्छ यो । यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं ।’

२०८२ भाद्र ३१, मंगलवार १७:२९ गते 0 Minutes 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।