२०८३ असार २ मंगलवार ०१

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने

२ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।

लक्ष्मणले भने–‘हामीले यो साता र आउँदा साताको शुक्रबार नकआउट राउण्ड प्रशारण गर्दछौं । तर, २ साता शनिबार भने नकआउट राउण्डका नयाँ भागहरु प्रशारण हुने छैनन् ।

२ सातासम्म शनिबार भने रिभ्यू सेसन प्रशारण हुनेछ । त्यसपछि भने शुक्रबार र शनिबार नै नकआउट चरणका भागहरु प्रशारण हुनेछन् ।

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।

यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।

कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

 

स्रोतः अनलाइन खवर 

२०७८ जेष्ठ २१, शुक्रबार ०८:३३ गते 1 Minute 788 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।