२०८३ भाद्र ३० मंगलवार ०३

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ मा आयोजना गर्ने तय गरिएको थियो । तर, अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा सारिएको नाडाले जनाएको छ ।

नाडाले उपयुक्त समयमा विशेष साधारण सभाको नयाँ मिति र स्थानबारे पुनः जानकारी गराउने जनाएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल देशभरका अटोमोबाइल व्यवसायीहरूको छाता संस्था हो ।

२०८२ भाद्र २०, शुक्रबार ०७:४१ गते 1 Minute 94 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।