२०८३ असार २ मंगलवार ०५

मुल्यवृद्धि भएको गुनासोपछि बनेपामा बजार अनुगमन

काभ्रे । निषेधाज्ञाका बीच उपभोग्य सामग्रीको मुल्यवृद्धि भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपामा आकस्मिक बजार अनुगमन गरेको छ ।
दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफुल, मास्क, सेनिटाइजर लायतको मुल्य वृद्धि भएको गुनासो आएपछि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो । अनुगमनका क्रममा पसल अनुसार फरकफरक मुल्य रहेको, मुल्य सुची सबैले देख्ने ठाउँमा नराखिएको, अत्यावश्यक बाहेकका पसल सन्चालन, जनस्वास्थ्यका न्युनतम मापदण्ड पनि पालना नगरी व्यवसाय सन्चालन गरिएको पाइएको छ ।

यस्तै चामल, दाल, चिनी, तेल र गेडागुडीमा मुल्य वृद्धि भएको व्यवसायीले बताएका छन् । उत्पादक कम्पनीले नै बढी मुल्य लिएको र गाडी भाडा समेत बढेका कारण आफुहरु मुल्य बढाउन बाध्य भएको उनीहरुले बताएका छन् । तर गाडी भाडा भने वृद्धि भएको छैन । चामलमा होलसेल मुल्यमा २५ केजी बराबर १ सय ८० रुपैयाँसम्म वृद्धि भएको उपभोक्तहहरुको गुनासो छ । यस विषयमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले आज सचेत गराएको र अझै अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

अनुगमन टोलीमा डिएस्पी हरि खतिवडा,शशस्त्र प्रहरी बलको टोली, जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइराला, उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार लगायतको उपस्थितीमा अनुगमन गरिएको हो ।

२०७८ जेष्ठ २१, शुक्रबार ०६:१२ गते 0 Minutes 795 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।