२०८२ फाल्गुन २५ सोमबार १८

वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि

 

वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ ।

यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।

अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको मुख्य कारण प्रदूषित पानी र सरसफाइको कमी हो । स्थानीय बासिन्दा त्रसित छन् भने महानगर र स्वास्थ्य निकायले एकतर्फ औषधि वितरणलाई तीव्रता दिएका छन्, अर्कोतर्फ स्वच्छ पानी र सरसफाइलाई प्रमुख प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।

२०८२ भाद्र ९, सोमबार १८:५० गते 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।