२०८३ असार २ मंगलवार ०१

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन् । पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको उनको भनाइ थियो ।

सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले शेर बहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताएका हुन् ।

उनले भने, ‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ । काङ्ग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ । काङ्ग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर । ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ । म छोड्छु छोड्छु भनिरहनु भएको छ । तर उहाँले छोड्नु हुन्छ कि हुदैँन् भन्ने कुराबाट मुक्त हुनुपर्छ ।’

यस्तै, उनले काङ्ग्रेसका कार्यकर्ताहरु आफ्नोभन्दा बढी अरुको बारेमा सोच्छु, चिन्ता गर्छु भनेर राजनीतिमा लागेपनि पछिल्लो समय राजनीतिक प्रतिस्पर्धा गर्दा गर्दा खिइएर आफ्नो र परिवारका बारेमा भन्दा त्यो भन्दा माथि गएर सोच्न नसक्ने अवस्थामा पुगेको बताए ।

२०८२ भाद्र ९, सोमबार १५:०७ गते 0 Minutes 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।