२०८३ असार २ मंगलवार ०१

लगानी बोर्डद्वारा तल्लो अप्सुवा जलविद्युतलगायत ठूला परियोजनामा लगानी स्वीकृत

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविद्युत परियोजना (५४ मेगावाट) को लागि रु. ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।

शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविद्युत परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । यसबाहेक, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइएको छ ।

साथै, माथिल्लो कर्णाली जलविद्युत परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ । बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थि

२०८२ भाद्र ७, शनिबार १९:०६ गते 1 Minute 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।