२०८३ असार २ मंगलवार ०३

सामाजिक सञ्जाललाई नियन्त्रण नियमन गर्न खोजेको हो : मन्त्री गुरुङ

 

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजेको बताएका छन् ।

शुक्रबार प्रेस चौतारि कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्याउन लागिएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ, त्यसको लागि ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक’ ल्यायौँ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्न हैन नियमन गर्न  ल्याएको हो ।’

उनले साइबर अपराध नियन्त्रण गर्न कानुनको अभाव भएको भन्दै अपराध रोक्न सरकारले कानुन बनाउन लागेको बताए ।

‘साइबर अपराध विश्वकै चुनौती हो । नेपालभित्र हुने यस्ता अपराध रोक्न सरकारले कानुन बनाउन लागेको हो,’ उनले भने ।

उनले मेटा, गुगल जस्ता विदेशी सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नुपर्ने पनि बताए ।

 

 

 

 

२०८२ भाद्र ७, शनिबार ०९:१० गते 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।