२०८३ भाद्र ३१ बुधबार ०२

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती: भट्टराईले

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको क्षेत्रमा दुई छिमेकीले एकतर्फी सम्झौता गर्नु नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती भएको धारणा राखे ।

उनले लेखेका छन्,‘ नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितकानिम्ति गम्भीर चिन्ता र चासोको विषय हो। पहिलेदेखि नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादको विषय स्वीकारेको र चीनले नेपालसंग परामर्श गरेर मात्र निर्णय गर्ने भन्दै आएको भनिएको यो विषयमा दुइ ठूला छिमेकीले पुनः एकतर्फी सहमति गर्नु नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथिको ठूलो चुनौति हो। यसवारे नेपाल सरकारले गम्भीरतापूर्वक राष्ट्रिय हितको पक्षमा आवश्यक कुटनीतिक र राजनीतिक कदम चालोस्।’

उनले सरकारले मौन बस्न नहुने भन्दै तत्कालै कूटनीतिक र राजनीतिक पहल गर्न आग्रह गरे।

 

 

२०८२ भाद्र ५, बिहीबार १७:०३ गते 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।