२०८३ असार २ मंगलवार ०६

२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो

 

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक २७.१४ अंकले घट्दा नेप्से २७६१.२२ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब २७ करोड रुपैयाँले घटेको छ ।

यसदिन कुल ३१७ स्टकको ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ ।

यस दिन आरबीबी म्युचअल फण्ड–१ को शेयर मूल्य ०.८१ रुपैयाँले बढेर ११.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अपर स्याङ्गे हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले बढेर ७३५.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन कालीका पावर कम्पनी लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३४.६२ रुपैयाँले बढेर ६१५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, अपरहेवा खोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३३.३९ रुपैयाँले बढेर ६१३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज सम्पदा लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ९८९.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्य ५.८८ प्रतिशतले घटेर प्रतिकित्ता ८८३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४.७९ प्रतिशतले घटेर ११५८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रिइस्योरेन्स लिमिटेड, नेपाल रिपब्लीक मिडिया, नेपाल इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

२०८२ भाद्र १, आईतवार १६:०७ गते 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।