२०८३ बैशाख १६ बुधबार १२

सुरक्षाकर्मीसँगको भिड्न्तमा सय भन्दा बढी तालिबानीको मृत्यु

काठमाडौं  ।

अफगानिस्तानका सुरक्षाकर्मीसँगको भिडन्तमा कम्तिमा एक सय बढी तालिबानीको मृत्यु भएको छ ।

खामा प्रेसले अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कम्तिमा ५० तालिबानी भिडन्तमा घाइते भएको उल्लेख गरेको छ ।
समाचार संस्था एएनआईले अफगानिस्तानको कम्तिमा सात क्षेत्रमा पछिल्लो चौबीस घण्टामा सुरक्षाकर्मीले चलाएको अपरेशनमा यति धेरै संख्या तालिबानीको मृत्यु भएको उल्लेख गरेको छ ।

लघमान, कुनार, नानगारहर, गजनी, पक्तिया, मैदान वार्दाक, ख्वस्त, जाबुल, हेरात, फरयाब, हेलमन्द र बघलान प्रान्तमा सुरक्षाकर्मीले खोज अपरेशन चलाएको थियो ।

खोज अपरेशनको क्रममा सुरक्षाकर्मीले बिभिन्न ३५ स्थानमा गाडिएको एम्बुसलाई समेत निष्क्रिय बनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमणको घटनामा तिब्रता दिएको छ ।

सुरक्षा जाँच केन्द्र तालिबानको निशानामा परेको छ ।

 

स्रोतः गोरखापत्र अनलाइन

२०७८ जेष्ठ २०, बिहीबार ०४:२१ गते 1 Minute 532 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार