२०८३ असार २ मंगलवार ०२

फ्रान्सले नेपाललाई दियो २० हजार एन्टिजेनिक टेष्टकिटसहित स्वास्थ्य साम्रग्री

काठमाडौं : फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ वटा भेन्टिलेटर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महामारीविरुद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोधअनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको हो । समयमै चिकित्सा उपकरण एवं स्वास्थ्य सामग्री प्रदान गरेकोमा मन्त्री त्रिपाठीले धन्यवाद दिए।

बुधबार बिहान ती सामग्री लिएर कार्गो विमान काठमाडौं आएको हो।

 

स्रोतः अन्नपूर्ण

२०७८ जेष्ठ २०, बिहीबार ०४:०७ गते 1 Minute 496 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।