२०८३ भाद्र ३० मंगलवार ०१

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

जनकपुर । समाजिक सञ्जाल टिकटकमा हिन्दुहरुलाई गाली गलोज र धम्की दिने भिडियो बनाउँदै आएका जनकपुरधामका टिकटकर इरसाद खान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले खानलाई बिहीबार पक्राउ गरेको हो ।

उनले ‘गुण्डा’ नाम गरेको टिकटक आईडी बनाएर खुलेआम हिन्दूहरुलाई गाली गर्नुका साथै मार्ने धम्की दिँदै आएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ का समिम खानका २३ बर्षिय छोरा इरसाद खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिंहले जानकारी दिए ।

खानले विदेशमा हुँदा समेत हिन्दु धर्मावलम्बीहरुलाई टारगेट गरी भिडियो बनाउने, गैरसमाजिक वक्तत्व दिने, छाडा गतिविधि गर्दै आएका थिए ।

२०८२ श्रावण ३०, शुक्रबार ०९:३० गते 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।