२०८३ बैशाख १६ बुधबार १२

पर्खाल भत्किँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं ।

चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजिकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा दुईजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु भएको हो । अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ  छन् ।

घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले छन् ।

घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए ।

२०७८ जेष्ठ २०, बिहीबार ०३:५८ गते 0 Minutes 495 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार