२०८३ भाद्र ३० मंगलवार ०१

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

 

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आज स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताएका हुन् ।

अहिले सरकार स्थीर छ, त्यसैले स–साना नीजि क्षेत्रमा लगानी गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनले राखे । कार्यक्रममा स्वाबलम्बन विकास केन्द्रले यो वर्षको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरेको छ ।

सञ्चार मन्त्री गुरुङले २ लाख रुपैयाँको उक्त पुरस्कार संस्थालाई प्रदान गरे । त्यस्तै, २ लाख रुपैयाँ राशीको शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार सांसद योगेन्द्र मण्डललाई प्रदान गरिएको छ ।

 

 

२०८२ श्रावण २८, बुधबार १६:२३ गते 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।