२०८३ असार १ सोमबार २१

ठोरीमा मृत भेटिएको दुर्लभ पाटे बाघ आपसी लडाइँमा मरेको हुनसक्ने

रौतहट ।  पर्साको ठोरीमा  एक दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ । ठोरी गाउँपालिका–४ विजयवस्ती नजिकैको गोपीवस्तीमा आइतबार बिहान मृत पाटे बाघ फेला परेको हो । बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोटपटक देखिएको निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिन बहादुर श्रेष्ठले बताए ।दुई बाघको आपसी लडाइँमा एउटा मरेको हुन सक्ने उनले अनुमान गरे ।

खेततर्फ जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको जस्तो देखेपछि सुरुमा जिउँदो हो कि भनेर त्रसित हुँदै भागेका थिए । उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायहरूलाई खबर गरिएको छ ।

२०८२ श्रावण २६, सोमबार १०:५८ गते 0 Minutes 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।