२०८३ असार २ मंगलवार ०३

कस्ता मानिसलाई लाग्छ ब्ल्याक फंगस ?

काठमाडौँ ।

पछिल्लो समय भारत र नेपालमा देखिएको ब्ल्याक फंगस रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई देखिएको छ । पछिल्लो समय कोभिड-१९ संक्रमणमुक्त भएका मानिसलाई ‘ब्ल्याक फंगस’ (कालो ढुसी) ले सताउन थालेको छ ।

रोगसँग लड्न क्षमता कम भएका मानिसमा ब्ल्याक फंगस देखिने गरेको चिकित्सकले बताएका छन् । दोस्रो लहरको कोभिड-१९ को संक्रमण फैलिएपछि धेरैलाई कमजोर बनाएको छ ।

विशेष गरी कोभिड निको भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले यसले छिटो आक्रमण गर्ने गरेको छ ।

कोभिड-१९ बाट निको भइसकेकालाई एक महिनापछि ब्ल्याक फंगस देखिने गरेको वीरगञ्ज नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

उनका अनुसार यो ब्ल्याक फंगस एचआइभी र उच्च मधुमेह भएकालाई देखिने गरेको छ । ‘

स्टेरोइड’ औषधिको प्रयोगकर्तालाई पनि हुन्छ । अक्सिजनको कम भएकाले यो औषधि प्रयोग गर्ने गरेका छन् ।

‘कोभिड निको भएकालाई देखिएको यो पहिलो पटक हो,’ उनी भन्छन् ।

वीरगञ्जको क्लिनकल परीक्षणमा आठ जनामा र ल्याबमा दुई जनालाई देखिएको हो । पछिल्लो समय पर्सालगायत नेपालगञ्ज र काठमाडौँमा तीव्र ब्ल्याक फंगसका बिरामी भेटिन रुपमा देखिन थालेको डा. सिंहले बताए ।

सिंहले नेपालमा यसको उपचार असम्भव भएको जानकारी दिए । ‘ब्ल्याक फंगसको औषधि नेपालमा पाइदैन,’ उनी भन्छन्,’ वीरगञ्ज र नेपालगञ्ज आसपासमा देखिएका मानिसला भारत उपचार गर्न लगिएको छ ।’

कालो ज्वरोका लागि प्रयोग गरिने औषधि उपचारमा सबैभन्दा राम्रो मानिने उनले दाबी गरे ।

मुख बाङ्गिने, ज्वरो आउने, आँखाको परेला झर्ने, नाकको भाग सुन्निने र आँखाको दृष्टि गुम्‍ने जस्ता लक्षण देखिने समस्या हुने गरेको डा. सिंहले बताए ।

जुनसुकै उमेर समूहका मानिसलाई हुने उनको दाबी छ । संक्रमण ‘एम्फोटेरिसिन-बी’ औषधि चलाउन उनले सुझाव दिए ।

बढी जसो कमजोर मानिसलाई देखिने गरेको उनले बताए । ‘यो कोभिड जस्तो सरुवा रोग होइन,’ उनले भने ।

यसबाट सुरक्षित रहनका लागि मुख्यगरी प्रोटिनयुक्त खाना खानलाई उनले सुझाए । गुलियो पदार्थ खान हुँदैन सुगर कन्ट्रोल गर्ने खाना खानुपर्छ,’ डा.सिंह भन्छन् ।

यो संक्रमण म्युकोर्मिसेट्स भनिने मोल्डहरूको समूहले गर्दा फैलने गर्छ ।

जुन माटोबाट उत्पादन भएर सडिने जीवाणु हो । हावाबाट छाला काटिएको भागबाट शरिरमा प्रवेश गर्छ । यसले विशेष गरी फोक्सोमा असर गर्नेगर्छ ।

 

 

स्रोतः इकागज

२०७८ जेष्ठ २०, बिहीबार ०२:१८ गते 1 Minute 988 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।