२०८३ असार २ मंगलवार ०३

‘निसान फेस्टिभ डिल’ अफर: म्याग्नाइट ६ लाख ८० हजार डाउनपेमेन्टमै पाइने

काठमाडौं । नेपालका लागि निसान सवारी साधनहरूको आधिकारिक वितरक पायाेनिर माेटरले फेस्टिभ अफर ल्याएकाे छ ।  जारी नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसरमा याे अफर आएको हो । । यस योजनाअन्तर्गत कम्पनीले अल न्यू निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधाहरू सहितको अफर ल्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक श्रीसन्दीप कुमार शारदाले भने,  “हामीले यस योजना नाइमा एक्सपो २०२५ (साउन २१ देखि २५ गतेसम्म) को अवसर पारेर र आगामी चाडपर्वलाई ध्यानमा राखी ल्याएका हौं। यो अफर एक्सपो पश्चात् चाडपर्वको सम्पूर्ण अवधिभर जारी रहनेछ।”

‘निसान फेस्टिभ डिल’ अन्तर्गत निसान म्याग्नाइट बुक गर्ने ग्राहकहरूले विभिन्न लाभहरू प्राप्त गर्नेछन्। आकर्षक नगद छुट, नाइमा एक्स्पाे विशेष छुट, तीन वर्षसम्मकाे सर्भिसिगं, तीन वर्षकाे वारेन्टी, एक वर्षको निःशुल्क बीमा, निःशुल्क रोड कर र डाउनपेमेन्ट मात्र रु. ६,८०,००० मा खरिद गर्न सकिने सुविधा उपलब्ध हुने छन्।

ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन्  । र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केहि सर्तहरूसहित लागू हुनेछन्।

यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम रु. २०,१५,००० सम्मको फाइदा प्राप्त गर्न सक्छन् र निसान उर्भानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ। पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा सहभागिता जनाई नजिकको निसान शोरूम भ्रमण गरी यो अफरको फाइदा लिन आग्रह गरेकाे छ ।

२०८२ श्रावण २१, बुधबार १८:११ गते 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।