२०८३ भाद्र २९ सोमबार १०

धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।

बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित सडक र हिलो रहितको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यहारिक रुपमा सार्थक तुल्याउदै छौ । हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ ।’

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर बृद्धिका साथै भु–बनोट अनुसार बिसिसि वा आरसिसिको आवश्यकता अनुसार सडक निर्माण गरिने बताए ।

‘चालु आर्थिक वर्षको बजेटमा हामीले प्रस्ताव गरेका छौ कि अव सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले खासगरिकन त्यस्ता ठाउँहरु जहाँको भु–बनोटले  आरसिसि कस्ट्रक्सनको डिमान्ड गर्छ । सिमेन्ट, रोडा, डण्डिको आवश्यकता पर्छ त्यो हिसाबले बिसिसि वा आरसिसि गरेर हामीले सडक निमार्ण गर्नुपर्छ,’ उनले भने ।

२०८२ श्रावण २१, बुधबार १५:५७ गते 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।