२०८३ असार १ सोमबार २१

अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।

जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो ।

पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।

स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँमा अहिले खोलैबाट सडक सञ्चालनमा छ ।

थापाले भने, ‘पानी घटेको बेलामा लोडरले सम्याएर सडक चलाइन्छ, पानी पर्ने बित्तिकै खोलाले बाटो बिगार्छ ।’

वर्षाको बेलामा यातायात साधन मात्र होइन पैदल यात्रीलाई पनि खोला तर्न निक्कै समस्या परेको उनले बताए । पहिरोले खोलामा राखिएको झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । सो झोलुङ्गे पुल समेत मर्मत नहुँदा स्थानीय जोखिम मोलेर खोला तारिरहेका छन् ।

उनले भने, ‘कम्तीमा झोलुङ्गे पुल मात्रै मर्मत गरिदिएको भए पनि सर्वसाधारणलाई आवागमनमा सहज हुने थियो, त्यो काम पनि हुन सकेको छैन, गाउँलेहरू निक्कै जोखिममा खोला तरिरहेका छन् ।’

२०८२ श्रावण २०, मंगलवार ०८:०४ गते 0 Minutes 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।