काभ्रे ।
पछिल्ला दिनमा काभ्रेका सहरी भन्दा ग्रामीण क्षेत्रमा कोरोना भाइरस संक्रमण बढी रहेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकले जिल्लाका ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको दर बढिरहेको देखाएको छ ।
आज बुधबारमात्रै पनि काभ्रेमा ३ सय २५ जना कोरोना संक्रमित थपिए । आज पिसिआर परिक्षणबाट २ सय २६ जना र एन्टिजेन परिक्षणबाट ९९ जना संक्रमित थपिए ।
जसमा पिसिआर परिक्षणतर्फ बनेपा नगरपालिकामा १२ जना, पाँचखालमा २ जना, धुलिखेलमा ६६ जना, मण्डनदेउपुरमा ५२ जना पनौतीमा १९ जना, रोशी गाउँपालिकामा २४ ना र भुम्लु गाउँपालिकामा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै एन्टिजेन परिक्षणतबाट बनेपामा ९ जना, बेथानचोकमा १२, महाभारतमा ५२, नमोबुद्धमा ५, खानीखोलामा १३ र तेमालमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज २ सय ७३ जना संक्रमणमुक्त भएका छन् भने पाँच जनाको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार ग्रामीण क्षेत्रमा सक्रिय संक्रमितको संख्या बढेको छ ।
पछिल्लो तथ्यांकअनुसार २ हजार २ सय १५ जना सक्रिय संक्रमितमा बनेपामा ३सय ३, पाँचखालमा ३ सय ३२ र धुलिखेलमा ३ सय ११ जना रहेका छन् ।
यस्तै नमोबुद्धमा १ सय १०, पनौतीमा २सय ६ जना सक्रिय संक्रमित रहँदा चौरी देउरालीमा ५७ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लाको रोशी गाउँपालिकामा १ सय ५४, मण्डनदेउपुर नगरपालिकामा १ सय ९०, तेमाल गाउँपालिकामा १सय ३, खानीखोलामा ३८, भुम्लुमा २ सय १०, बेथानचोकमा १ सय २० र महाभारतमा ८१ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा हालसम्म ९ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने मृत्यु हनेको संख्या १ सय ९१ रहेको छ । केही दिनअघि धुलिखेल र बनेपामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका थिए ।
यी नगरमा सक्रिय संक्रमितको संख्या घट्दै जाँदा रोशी, तेमाल, भुम्लु, मण्डनदेउपुर लगायतका ग्रामीण क्षेत्रमा सक्रिय संक्रमितको संख्या बढिरहेको छ ।
शहरी क्षेत्रमा कडा निषेधाज्ञा र शिलका कारण संक्रमण फैलने दर कम भए पनि ग्रामीण क्षेत्रमा त्यसको प्रभाव कम परेका कारण संक्रमण दर उकालो लागिरहेको अनुमान गरिएको छ ।






