२०८३ भाद्र ३० मंगलवार ०२

सहिदहरुका सङ्कल्पलाई पूरा गर्न युवा पुस्ता दृढताका लाग्नुपर्छ: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा २८ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशभक्तिपूर्ण आन्दोलन, समृद्धिको सपना, वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई पूरा गर्न आजको पुस्ता दृढताका साथ लाग्नुपर्ने बताएका हुन् ।

साथै, उनले सबैले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने बताए ।

संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण पनि गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठानद्वारा सञ्चालित काठमाडौँ उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने प्रा श्यामसुन्दर शेर्पाको बुद्धका विचारसम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

२०८२ श्रावण १७, शनिबार १७:४९ गते 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई globalsanjal@gmail.com मा इमेल गर्न सक्नु हुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।